•  २०८२ फाल्गुन १८
  • छसस । ‘मुखमा राम राम, बगलीमा छुरा’लाई चरितार्थ गर्दै प्रचण्ड, देउवा र ओली लगायतका ठूला दल र त्यसका नेताहरु, देखावटी रुपमा पहिचानवादीको वकालत गर्छन्, तर व्यवहारमा परिणत गर्दैनन् । उदाहरण खोज्ने धेरै टाढा नजाऊ, ‘कोशी’ नामाकरणकै विषय हेरे पर्याप्त हुन्छ । संघीयदेखि प्रदेश एक सभामा प्रतिनिधि गने कांग्रेस, कम्युनिष्ट दलहरुले नै कोशी प्रदेशको प्रस्तावक मात्र रहेनन् दिलो ज्यान दिएर पारितकर्ताहरुनै भए । ‘कोशी’ प्रदेश नामाकरण गर्ने निर्णय, यी दलका शीर्षस्था नेताहरु प्रचण्ड, माकुने, देउवा र ओलीहरु जो राज्यधारी राष्ट्रका हर्ताकर्ता हुन र जसको निमित्त राज्यविहिन राष्ट्रका जनताहरु विगत ३०० वर्षयतादेखिको वास्तविक प्रतिपक्षी राजनैतिक शक्ति हुन्, जसको राजनीतिक पहिचान स्वीकार गर्नु उनीहरुको राजनीतिक हार स्वीकार गर्नु हो, भनि ठान्दछन् । यसकारण यी नेताहरुका ठाडो आदेशमा कोशी नामाकरण हुनु र यी नेताहरुनै वर्तमान औपनिवेशीक गणतन्त्रको राजकीय सत्ताको सञ्चालक पनि रहेको हुँदा हाम्रो लडाई सिँधै यो औपनिवेशीक राज्यसत्ता र त्यसको हर्ताकर्ता विरुद्ध पनि भएकाले पहिचानवादी हौ भन्ने आदिवासी, भूमिपुत्रहरुले त्यस्ता दल र दलका शीर्षस्थ नेताहरुका झोले कार्यकर्ता नबनी पहिचानवादी आन्दोलनमा सरिक हुन छहरा साप्ताहिक विनम्र अनुरोध गर्दछ । जो आजको अपरिहार्य आवश्यकता पनि हो । जुन समुदाय र सामाजिक संस्था वा राजनैतिक संगठनहरुले यो औपनिवेशीक गणतन्त्रको राजकीय सत्ता स्वीकार गरिसकेका छन् ती दल र सामाजिक संस्था राजनैतिक संगठनहरु पहिचानवादी आन्दोलनको सारथी हुनै सक्दैन । होला उनीहरुका आत्मगत पक्ष केलाउदा उनीहरु भित्रको राज्यविहिन राष्ट्रका जनताहरु पनि राज्य औपनिवेशीकताबाट मुक्ति चाहान्छ होला तर उनीहरुले राजकीय शक्ति स्वीकार गरेको मात्र नभएर भोग गरिरहेको हूँदा पहिचान, स्वशासन र आत्मनिर्णय जस्ता मुक्तिको आन्दोलनमा उनीहरुका मुख्य चरित्र झोले, बुखेचा र दलाली अवस्थाबाट माथि देखिदैन । उदाहरणको निमित्त कांग्रेस, एमाले, नेकपा(प्रचण्ड, माकुने), रास्वपा र राप्रपा भित्रका मुख्यत राई, लिम्बू, धिमाल, थारु, नेवार, तामाङ समुदायको राष्ट्रका प्रतिनिधि, संघीय सांसद र मन्त्रीहरुलाई लिन सकिन्छ । यसर्थ किरात नामाकरणको लडाइमा सर्वप्रथम क्रान्तिकारी, दस्ता र शक्ति कुन हो ? वा छ या छैन, छ भने आन्दोलन र विद्रोहको नेतृत्व गर्नुपर्यो, र छैन भने राष्ट्रिय मुक्ति आन्दोलनको निमित्त नेतृत्व लिने शक्ति निर्माण गर्नु पर्यो । हो एकजमानामा ‘माओवादी’ राष्ट्रिय मुक्ति क्रान्तिको अग्रदता
    थियो । तर यतिबेला त राष्ट्रिय मुक्ति आन्दोलनको सवालमा प्रतिक्रियावादी शक्ति भएको छ, जसरी कांग्रेस, एमाले, रास्वपा, राप्रपा छन् । अरु बाँकी दलहरुका राजनैतिक चरित्र पनि दलाल र अवसरवादी नै देखिन्छन् । किराचु, किराया, याक्खाछुमा, सुनुवार सेवा समाज लगायत विशुद्ध जातीय संगठनहरु राजनैतिक शक्ति होइनन् । आफुहरुलाई पहिचानवादी र जातीय मुक्तिको आन्दोलनका नेता हौ भन्नेहरु पनि अवसरवादी र दलाल देखिएका छन् । हालसम्म उनीहरुको क्तबतगक बउयष्तिष्अब िबअतष्गष्कतक जस्तो मात्र भयो, त्यो भनेको ? चुनाव आयो चुनावनै ठीक, आन्दोलन भन्यो आन्दोलननै ठीक, सांसद बन्ने अवसर त्यसको पनि लोभ, फेरी विद्रोही–विद्रोही जस्तो देखिनु पनि पर्ने वीर नेम्वाङ, कुमार लिङदेन, सञ्जुहाङ पालुङवाहरु जस्तै । त्यसैले अब समाजको मुक्तिको खातिर जेनजी दस्ताले अग्रदस्ताको भूमिका निर्वाह गर्नुको विकल्प छैन ।