•  २०८२ फाल्गुन १८
  • नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका तात्कालिक सभापति शेर बहादुर देउवा र तात्कालिक परराष्ट्र मन्त्री डा.आरजु राणाको भ्रष्टाचार, कुशासन र गलत परराष्ट्र नीतिले मुलुक युक्रेन र भेनेजुयला जस्तो अवस्थामा पुगेको छ । विदेशी शक्तिले निर्वाचित सरकारलाई जेनजी विद्रोहका नाममा सफ्ट कु गरेर शासन सत्ता अपदस्त गरायो। निर्वाचित प्रतिनिधि सभा विघटन गराएर अन्तरिम सरकार गठन भयो । जेनजी आन्दोलनले देशको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका भवन आगजनी र तोडफोड गरि ध्वस्त गराए । करिव ८६ अर्व मूल्य बराबरका सरकारी भवन, सवारीसाधन, सार्वजनिक सम्पत्ति, निजी सम्पत्ति, व्यवसाय र उद्योगहरूमा आगजनी, तोडफोड, लुटपाट र क्षति भयो । यसको पुनर्निर्माण र बीमा दाबी भुक्तानी गर्न करिव ३६ अर्ब थप रकम लाग्ने अनुमान छ । दुई वर्ष अगाडि नै प्रतिनिधि सभा भंग गरिदा र पुनः निर्वाचन गराउदा करिव २० अर्ब राज्यको रकम खर्च हुने भएको छ । यसरी ओली– देउवाको संयुक्त सरकारले देशमा कुशासन सञ्चालन गर्दा, भ्रष्टाचार बढाउदा, सेटिङमा नियुक्ति, सरूवा र बढुवा गर्दा र असन्तुलित परराष्ट्र सम्बन्ध कायम गर्दा देशमा १ खर्ब ४६ अर्बको नोक्सान हुन पुगेको छ । यो रकम जलविद्युत क्षेत्रमा लगानी गर्न सकिएको भए करिव २ हजार मेगावाट विद्युत उत्पादन गर्न सकिने थिया े। देशलाई यति ठुलो क्षति गराएर युक्रेनका जिलेस्कीको जस्तै भूमीका निर्वाह गर्दै आएका एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै नचेतेर समग्र मधेस र मधेसी समुदायको अपमान र तिरस्कार गर्दै उनीहरूप्रति घृणा फैलाउदैछन । यसले क्षेत्रिय रूपमा हिंसा र विखण्डनको भावना बढाउन सक्छ । निर्वाचनमा एमालेको नीति, कार्यक्रम र आफुले सत्तामा रहदा गरेका राम्रा कामका बारेमा बोल्नु र जनतामा राख्नुपर्नेमा मधेसी समुदाय र सिंगो मधेस प्रदेशकै अपमान हुने गरि ओलीले जथाभावी अभिव्यक्ति दिदा ओलीसगै एमाले पनि सति जाने स्थिति बन्दैछ । दम्बी, अहङकारी, घमण्डी, कुशासक र भ्रष्टचारीमा दरिएका ओलीले तीन पटक प्रधानमन्त्री हुँदा तिनै पटक देश र जनहित विरोधि काम गरे । असन्तुलित परराष्ट्र नीति लिएर मित्र राष्ट्रहरूलाई चिढाए । अनन्त त्यही कारण विदेशी शक्तिहरूले जेनजी युवाहरूलाई उचालेर भदौ २३ र २४ को विध्वंस मार्फत ओली सत्तापलट गरि अन्तरिम सरकार गठन गराए । प्रधानमन्त्री हुँदा ओलीले बिचौलिया, भ्रष्टाचारी, कमिशन बुझाउने बाहेकका आफ्ना क्षेत्रका मतदाताहरूलाई कहिल्यै भेट दिएनन् । अहिले फेरि मतदाता सम्झिएर झापा झरेका छन। उनलाई के आधारमा झापाली जनताले मत दिएर जिताउने ? मानसिक रोगीले जस्तो जे पनि अभिव्यक्ति दिने ओलीले आफुसँगै एमालेलाई सिध्याउने देखिन्छ । त्यही भएर ओलीलाई झापा क्षेत्र नं ५ मा टुरिष्ट उम्मेदवारले ४३ हजार मत ल्याएर हराउने विश्लेषण हुन थालेको छ ।