छसस । राजनीतिमा प्रवेश गर्न अगाडि र प्रम हुनु अगाडिका शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनालहरुका राजनैतिक, आर्थिक हैसियत के कस्ता थिए, आम नेपालीलाई भलीभाती थाहा छ । देउवा, ओली, प्रचण्ड, खनालहरुका आर्थिक हैसियतको सम्बन्धमा चीरफार गर्दै जाऊला । यसपटक भने माकुने अर्थात माधव कुमार नेपालको सम्बन्धमा छहरा पाठकहरुसमक्ष राख्न चाहे । सुरुवात गरांै २०४६ साल देखिको । २०४६ सालको आन्दोलन अगाडि माकुने सपरिवार काठमाडौंस्थित एक सानो र बालसिस्टमको पुरानो घरमा डेरा लिएर बसेको थाहा नभएको होइन । तत्कालिन कम्युनिष्ट पार्टी(माले)का नेता माकुनेको आर्थिक हैसियत कस्तो थियो, त्यस बारे आम नेपाली अनविज्ञ छैनन । माकुनेले साँच्चिनै समाजवादको उदाहरण दिँदै कम्युनिष्टको आचरण आत्मसात गरेको भए कम्युनिष्ट पार्टी यस्तो दुरावस्तामा पुग्ने नै थिएन । तपाईले गुटफुट, परस्तवादलाई सँधै प्रोत्साहन दिइरहनुभयो । अनुशासनहीन, अनैतिक, भ्रष्टहरुलाई दृढतापूर्वक कारवाही गर्ने हिम्मत राख्नु भएन । तपाई यस्तैको जालझेल र भूमरीमा रमाउदै बस्नुभयो । कुर्सी प्राप्तिको लागि जेमन्त गर्नुभयो । पार्टीको महासचिव भएपछि काठमाडौंमा पहिलो पटक महँगा जग्गामा घर निर्माण गर्नुभयो । त्यो कसरी सम्भव भयो ?
तपाई त पार्टीको महासचिव पार्टीले दिइराखेको तलब तपाईकी श्रीमती राष्ट्रिय वाणिज्य बैंकमा त्यतिखेर कार्यालय सहायकमा जागिरे हुनुहुन्थ्यो । यत्रो घर निर्माण गर्न कसरी सम्भव भयो ? भन्ने प्रश्न गर्दै, आम नेपालीले अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको गुलामी गरेकै कारण यस्तो अपार धनराशी प्राप्त गरेको बताइरहेका छन् । यसमा तपाईको धारणा के छ ? आम नेपाली तपाईबाट बुझ्न र जान्न चाहान्छन् ।
तपाईको छोराछोरीले काठमाडौंकै महँगामध्येको स्कुलमा पढाई सम्पन्न गरेका छन् । यो पनि कसरी सम्भव भयो ? आदर्शका कुरा गर्न नथाक्ने तपाई तर व्यवहारमा भने पटक्कै लागु नगर्ने नेताहा गणना हुने, तपाई कस्तो खाले कम्युनिष्ट नेता ? तपाई आर्थिक घोटालामा धेरै चोटी परिसक्नु भएको छ, ललिता निवास र अरु यस्तै थुप्रै प्रकरणले नै पनि तपाई आर्थिक घोटालामा संलग्न रहेको भनेर स्पष्ट भैसकेको छ । तपाईको सम्बन्धमा पार्टीभित्रै पनि आयोगहरु बनेका होइनन् र ? सीआईएको निर्देशनमा तपाईका सबै काण्ड ओझेलमा पारिएका होइनन् र ? त्यतिखेर तपाईले धेरै कुराहरु प्रमाणसहित बाहिर सार्वजनिक रुपमा आईसकेपछि नर्भस भई हतार हतारमा सुशील प्याकुरेल र प्रकाश काफ्ले हाम्रो पार्टीसँग आबद्ध नरहेको भनि सफेद झुट खोक्नु भएको होइन र ?
सबैलाई थाहा छ र थियो सुशील प्याकुरेल बाममोर्चाकै सदस्य हो भनेर । यसरी सफेद झुट किन बोल्नुभयो? स्पष्ट कुरा नभनेर ? यस्तो सवालसँग् गाँसेर तपाई जस्तो व्यक्तिको नाम गाँसिदा तत्काल पार्टी अध्यक्ष वा केन्द्रीय कार्यालयले खण्डन गर्न किन सकेन । उसो भए आर्थिक घोटालामा ‘इन्सेक’ मार्फत ‘सीआइए’को संलग्नता भएको त होइन ? त्यही सुशील प्याकुरेल पार्टीको छैठौ महाधिवेशनमा कसरी प्रतिनिधि भएर आए र सोही महाधिवेशनले अमेरिकी साम्राज्यवाद भन्ने किन सकेन ? तत्कालिन शाही नेपाली सेनालाई संयुक्त राष्ट्रसंघको अनुरोधमा मात्र पठाउँदै गरेकोमा तपाई आफु परराष्ट्र, रक्षा र उपप्रधानमन्त्री रहँदा विद्रोहलाई दमन गर्न सेनालाई पठाउने निर्णय तपाईले किन गर्नुभएन ? नौ महिने शासनकालमा तपाई १५ सदस्यीय मन्त्रिपरिषदको उपप्रधानमन्त्रीको हैसियतले श्रीमती सहित विदेश शयर गर्नेमा सबैभन्दा चर्चित बन्नु भएको थियो । तपाईको नौ महिनो शासनकालमा १५ सदस्यीय मन्त्रिपरिषदको पहिलो ३ महिना ६ दिन अर्थात १३ हप्ताको समयावधिभित्रै पालैपालो २१ देशको भ्रमण गरेर देशको इतिहासमै सबैभन्दा धेरै पटक विदेश शयर गरेर राष्ट्रिय ढुकुटी माथि ब्रह्मलुट मच्चाउनेमा नाम चलाउनेमा रेकर्ड कायम गरेको होइन र ? तत्कालिन सरकारको शक्तिशाली उपप्रधानमन्त्री रहँदा शंकर केडियाको चिनीकाण्डमा माकुनेको संलग्नता रहेको भन्ने सवालमा २०५२ साल वैशाख ३१ गतेका दिन घुसका लागि २ करोड छुट्टाइएको बारे पर्दा खोलिएको दिन थियो होइन र ? घुसका लागि प्रति केजी रकम रु.१ रुपैया छुटाइएको कुरा त्यतिबेलै सार्वजनिक लेखासमिति समक्ष बयान दिएपछि २ करोड घोटाला गर्ने उपप्रधानमन्त्री माधव नेपाल र शंकर केडियाको कम्पनीबीच गोप्य सम्झौता भएको कुराको पुष्टि भएको थियो । होइन र ? सोही साल फागुन २९ गतेका दिन कार्यवाहक प्रधानमन्त्रीको हैसियतले तपाईले हतारहतार केडियालाई लाइसेन्स दिने निर्णय गर्नुभएको होइन र ? जे होस तत्कालिन समयमा उपप्रधानमन्त्री तथा पार्टीको शक्तिशाली महासचिव जस्तो व्यक्ति यसरी प्रत्यक्ष संलग्न भएको कुरा त्यहिबेला पत्रपत्रिका मार्फत सार्वजनिक हुँदा पनि त्यसलाई सार्वजनिक रुपमा तथ्यगत आधारमा खण्डन गर्न नसक्नु ज्याँदै दुःखद कुरा हो । यसैगरी १० हजार मेट्रिक टन चामल जापानबाट अनुदान प्राप्त भएकोमा करोडौ रुपैया घोटाला भएको थियो । त्यतिखेर तपाई आफै जापानमानै गएर सम्झौता गरेर फर्कनु भएको थियो होइन र ? चामलको मूल्यभन्दा ढुवानी मूल्य करिब दोब्बर पर्नेगरी जापानबाट जापानमै थन्किएको र कुहिएको थाई चामल तपाईले ल्याउनुभएको थियो होइन र ? त्यही थाई चामल जापानबाट नल्याएर बैंककबाट नै ल्याएको भए १० हजार मेट्रिकको सट्टा ३० हजार मेट्रिक टन आयात गर्न सकिन्थ्यो तर तपाईले त्यसो गर्नुभएन किन ? स्पष्ट छ त्यसवापत तपाईले ४ करोड कमिशन लिनुभएको कुरा सोही बेला चर्चाको विषय बनेको थियो ।
अर्काे कुरा कम्युनिष्ट पार्टी अधेगति हुनुमा तपाई लगायत तपाई जस्तै आचरणका ‘च्युमनिष्ट’हरुको हात रहेको छैन र ? कार्यकर्ताका अगाडि जनताका अगाडि आँचामा धुलो झोक्ने काम अझै कति दिनसम्म गर्नुहुन्छ, तपाईहरु ? मौका पाउने बित्तिकै फाइदा उठाउने गल्ती, कमीकमजोरीलाई ढाकछोप गर्ने, अयोग्य, असक्षम, भ्रष्ट, अनैतिक व्यक्तिहरुलाई काखी च्याप्ने, कुर्सीकोलागि जे पनि गर्ने तपाई आफु कम्युनिष्ट पार्टीको शक्तिशाली महासचिव हुँदा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको विरोध गर्न नसक्ने तपाईलाई के संज्ञा दिने ? यी तमाम कुार नियाल्दा तपाईलाई तस्करी, भ्रष्टाचारी दलालका पृष्ठपोषक र असक्षम नेता जनताले भन्ने कि नभन्ने ?

